एनआईसी एशिया क्यापिटलको वार्षिकोत्सवमा विशेष योजना, डिम्याट खाता निःशुल्क !

काठमाडौं - एनआईसी एशिया क्यापिटलले दोश्रो वार्षिक उत्सवका अवसरमा निःशुल्क डिम्याट खाता खोलिदिने भएको छ । क्यापिटलले बुधबारदेखि चैत ६ गतेसम्मका लागि निःशुल्क डिम्याट खाता खोलिदिने भएको हो ।

त्यस्तै क्यापटिलले चैत २२ गतेसम्मको लागि लगानी व्यवस्थापन सेवाको सम्पुर्ण शुल्कहरुमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

डिम्याट खातासँगै क्यापिटलले पुँजी बजारमा लगानीकर्ता मााझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन, निष्काशन तथा विक्री प्रबन्धक, लगानी परामर्श सेवा, धितोपत्रदर्ता सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्