कामना सेवा विकास बैंकको तीन नयाँ बचत योजना सार्वजनिक, यस्ता छन् बिशेषताहरु
काठमाडौँ - कामना सेवा विकास बैंकले आकर्षक विशेषताहरु सहित नयाँ तिन वटा बचत खाता संचालनमा ल्याएको छ । बैंकले “स्वर्णिम सुरक्षित बचत खाता, बैंङ्कासुरेन्स बचत खाता र रिकरिङ्ग खाता” गरि नयाँ तिन वटा बचत खाता सञ्चालनमा ल्याएको हो ।
बैंकले ग्राहकहरुको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राख्दै एक लाख सम्मको औषधि उपचार बीमा र सात लाख सम्मको दुर्घटना बीमा भएको स्वर्णिम सुरक्षित बचत खाता, एक तोला चाँदीको सिक्का उपहार सहितको बैेंङ्कासुरेन्स बचत खाता र मासिक बचत गर्न सकिने गरी मुद्दति प्रकृतिको अत्याधिक ब्याज सहित रिकरिङ्ग खाता सञ्चालनमा ल्याएको हो ।
सबैको लागी अझै सहज, सवल, गतिशील, र उत्तरदायी बैंक बन्ने उद्देश्यका साथ नयाँ योजना सञ्चालनमा ल्याइएको बैंकले जनाएकोे छ । बैंकले “प्रगतिको आधार कामना सेवासँग कारोवार” भन्ने मुल नाराका साथ पुर्व देखी पश्चिम सम्मका नागरिकलाई सम्पुर्ण बैंकिङ सेवा प्रदान गरिरहेका छ ।