नेपाल बङ्गलादेश बैंक र एनबीआईबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता

 Nepal Banladesh Bank
काठमाडौँ  - नेपाल बङ्गलादेश बैंक र नेशनल बैंकिग ईन्स्टिच्यूट (एनबीआई)बीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले विस्तार गर्नको लागि सम्झौता पत्रमा शुक्रबार हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा नेपाल बङ्गलादेश बैंकको तर्फबाट सहायक महाप्रबन्धक सलोनिका सिंह र एनबीआईको तर्फबाट सहायक महाप्रबन्धक धन थापाले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार एनबीआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना र सुविधाहरु बारे नेपाल बङ्गलादेश बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईने छ । बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई एनबीआई मोबाइल एपबारे ज्ञान दिलाई ग्राहक माँझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागिको प्रेरित गर्ने जनाइएको छ ।

साथै बैंकले एप मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समुह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विद्याथीहरुलाई वित्तीय साक्षरता बारे जानकारी गराउन जनाएको छ ।

प्रतिकृया दिनुहोस्