उत्कृष्टताको बिल्ला भिर्ने बैंकमा ग्राहकको सास्ती : 'एसएमएस सेवाको कम्प्लेनको रेस्पोन्स छैन, एटिएममा उस्तै समस्या'

 NMB BANK
  • ग्राहक अनुभव 
म एनएमबि बैंकको ग्राहक हुँ । बैंकमै काम गर्ने एक जना साथी चिनेको छ भनेर त्यहाँ खाता खोलियो ।  समृद्ध नेपालका लागि नारा घन्काईरहेको र दुइ-दुइ पटक बैंक अफ दी एयर पाएकाले पनि बैंक राम्रै होला भन्ने भयो । खाता त खोलियो, तर बैंकको सेवा यतिसम्म झुर रहेछ भन्ने बल्ल थाहा भयो । तर थाहा पाईसक्दा धेरै ढिलो भइसकेको थियो । अव त त्यहाँ कारोबार बन्द गरेर अरु बैंक जानुको विकल्प नै रहेन । यो भन्दा अघिल्लो पटक ग्लोबल आइएमइमा खाता थियो । झन् चिनेको साथी बैंकमा छ भनेर खाता खोलेको झन् अफ्ट्यारो भयो । साथीले पनि बैंकमा खास भविष्य भएन भनेर अर्को बैंक हिडेपछि झन् समस्या भयो ।

एटीएममा र एसएमएसमा लगातार समस्या, कर्मचारी दिँदैनन् रेस्पोन्स !
एटिएममा पटक पटक समस्या देखाएको छ । अरु बैंकका एटिएम मेशिनमा एटिएम चल्दैन । एक पटक कम्प्लेन गर्न पनि गएँ । चाडै मिल्छ म रिसेट गरिदिन्छु भनेका थिए कर्मचारीले । तर खाता खोलेको यत्रो समय भयो, अहँ रेस्पोन्स आएन । अहिले पटक पटक फोन गर्छु, तर फोन उठ्दैन । मेरो खाता नागपोखरी शाखामा हो ।  एटिएममा मात्र होइन, बैंकले दिएको हरेक सेवामा दिन प्रतिदिन केहि न केहि समस्या उत्पन्न भएर हैरान छु । एसएमएस सेवा लिएको थिएँ, तर कारोबारको एसएमएस नै आउंदैन । मेरो समस्याको समाधान नहुनुमा सबैभन्दा सबैभन्दा ठुलो कारण हो बैंकका कर्मचारीले समस्या नसुनिदिनु । छिट्टै हुन्छ, आजै हुन्छ, के भएछ त ? यस्ता रेडिमेड उत्तरमात्र छन् कर्मचारीसँग । 

समृद्ध नेपालका लागि नारा घन्काईरहेको र दुइ-दुइ पटक बैंक अफ दी एयर पाएकाले पनि बैंक राम्रै होला भन्ने भयो । खाता त खोलियो, तर बैंकको सेवा यतिसम्म झुर रहेछ भन्ने बल्ल थाहा भयो ।

एनएमबी बैंकको नागपोखरी शाखाबाट खोलिएको मेरो साथीको खातामा मोबाइल बैंकिङ सेवामा केही दिन अघि देखि समस्या आईरहेको छ । बैंकको उक्त शाखामा पटक पटक फोन गरिरहे फोनका घण्टी जान्छ तर फोन उठ्दैन । लगातार फोन गरिरहँदा ५, ६ पटकमा फोन उठ्छ । समस्या बताउँदा फोनमा बोल्ने महिला कर्मचारीले आफुलाई मोबाइल बैंकिङ सेवा बारे केही थाहा नभएको बताउँछिन् । उक्त सेवा अर्को व्यक्तिले हेर्नुहुन्छ भनेर त्यहाँको नम्बर पनि पाइयो । सो नम्बरमा २,३ दिन देखि फोन गर्दा पनि फोन लागिरहेको छैन ।

यो पनि पढ्नुहोस् !

प्रतिकृया दिनुहोस्