कृषि विकास बैंकको साधारण सभा आज, २१.०५३% लाभांशसहित यस्ता छन् पेश हुने एजेण्डाहरु !

 Krishi Bikash Bank
काठमाडौँ - कृषि विकास बैंकले १२औं वार्षिक साधारण सभा आज (चैत १५ गते) गर्दैछ । सभा बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा शुक्रबार बिहान ११ बजे सुरु हुँदैछ । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १५.०५३ प्रतिशत नगद र ६ प्रतिशत बोनस सहित कूल २१.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ ।

लाभांश वितरणका लागि बैंकले फागुन १६ गते बिहीबार बुक क्लोज गरिसकेको छ । जसका लागि फागुन १५ गतेसम्म कायम शेयरधनीले मात्र उक्त लाभांश पाउनेछन् ।
यस्तै सभाले सरकारको अग्राधिकार शेयर बापतको ६ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ। सरकारको अग्राधिकार शेयर सहित बैंकको हाल चुक्ता पूँजी १३ अर्ब ९३ करोड २५ लाख रहेको छ । बैंकमा ८ अर्ब ५० करोड ५२ लाख १६ हजार साधारण र पाँच अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँ सरकारको अग्राधिकार शेयर रहेको छ ।

प्रतिकृया दिनुहोस्