एक्सेल डेभलपमेन्ट बैंकको १७% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, साधारण सभा चैत ११ गते

काठमाडौं - एक्सेल डेभलपमेन्ट बैंकको १७ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन हो । बैंकको चैत ११ गते हुने साधारण सभाका लागि सोमबारदेखि (फागुन २७ गतेदेखि साधारण सभाको दिनसम्म) बुक क्लोज गर्ने भएको छ । त्यसैले आइतबारसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १७ प्रतिशत नगद लाभांश वितरणका लागि ११ करोड ७७ लाख ५४ हजार ५७५.७५ रुपैयाँ खर्च गर्ने भएको छ ।

हाल कायम चुक्ता पुँजी ६९ करोड २६ लाख ७३ हजार ९७५ रुपैयाँको ५५ प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव लैजानेछ । उक्त प्रस्ताव पारित भएमा कुल ३८ करोड ९ लाख ७० हजार ६८६.२५ रुपैयाँको हकप्रद सयेर जारी हुनेछ । बैंकले अधिकृत पुँजी १ अर्बबाट बढाएर १ अर्ब ५० करोड रुपैयाँ पुर्याउने अर्को प्रस्ताव पनि पेश गर्ने भएको छ ।

साधारण सभा चैत्र ११ गते होटल होलिडे होम विर्तामोड, झापामा बिहान १० बजे सुरु हुनेछ ।

प्रतिकृया दिनुहोस्