सानिमा बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सानिमा बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । बैंकको १३ लाख ५४ हजार ७१२ कित्ता ऋणपत्र सूचीकृत भएको हो । बैंकले गत कात्तिक ३० गतेदेखि १० प्रतिशत ब्याजदर भएको ‘१० प्रतिशत सानिमा डिबेन्चर–२०८५’ बिक्री गरेको थियो । सोही ऋणपत्र अहिले सूचीकरण भएको हो ।

यस्तै बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र बिक्री गरेको हो । जसमध्ये ३ लाख ८० हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । २० हजार कित्ता सामूहिक लगानी कोषले पाएका छन् । बैंकले बाँकी १६ लाख कित्ता आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गरेको छ । १०.५ प्रतिशत ब्याजदर भएको यस ऋणपत्रको अवधि १० वर्ष तोकिएको छ । आर्थिक वर्षको प्रत्येक ६ महिनाको अन्त्यपछि ब्याज भुक्तानी हुनेछ ।

प्रतिकृया दिनुहोस्