मर्जर प्रस्ताव पारित गर्ने विशेष एजेण्डासहित काबेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकले चैत २७ मा बोलायो एजिएम

काठमाडौं - एक आपसमा मर्जर हुने विशेष प्रस्ताव पारित गर्ने उद्देश्यलेसहित काबेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकले चैत २७ गते बिहान ११ बजे विशेष साधारण सभा बोलाएका छन् । 

काबेली बैंकको साधारण सभा होटल चिप एन्ड बेष्टको सभाहल, धनकुटामा र सप्तकोशीको उद्योग संगठन मोरङ, विराटनगरमा बस्नेछ ।

यी दुबै बैंक मर्जरमा जाने सम्झौतापश्चात माघ ६ गतेदेखि यी दुवै बैंकको सेयर कारोबार रोक्का रहेको छ । अब एकीकृत कारोबार सुरु भएपछि मात्र सेयर कारोबार सुरु हुनेछ । माघ ६ गतेभन्दा अघि कायम रहेका सेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।

काबेलीले लगानीकर्तालाई हालै ३५ प्रतिशत बोनस दिएर चुक्ता पुँजी २८ करोड ४२ लाख ९७ हजार रुपैयाँ पुर्याएको छ भने सप्तकोशीले पनि पुस २८ मै साधारण सभा गरी ३ प्रतिशत बोनस र ५.०३६ प्रतिशत नगद प्रस्ताव पारित गरेको थियो । बोनसपछि सप्तकोशीको पुँजी ५२ करोड ३७ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

प्रतिकृया दिनुहोस्