नेपाल राष्ट्र बैंकले ७ अर्ब २६ करोडको ट्रेजरी बिल बिक्री गर्दै


काठमाडौँ - नेपाल राष्ट्र बैंकले सोमबार ७ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । ट्रेजरी बिलमा सोमबार दिउसो ३ बजे सम्म बोलकबोल मार्फत सहभागी हुन सकिने राष्ट्र बैंकले जनाएको छ । उक्त ट्रेजरी बिल मंगलबार देखि जारी हुने छ । राष्ट्र बैंकले ९१ दिन अवधिको २ अर्ब २६ करोड रुपैयाँ बराबरको बिल विक्री गर्न लागेको हो ।

त्यस्तै ३ सय ६४ दिन अवधिको ५ अर्ब रुपैयाँ बराबरको बिल विक्री गर्न लागेको छ । दुवै ट्रेजरी बिल नयाँ नभएर नविकरण गर्न लागिएको हो । जसमध्ये ९१ दिनका लागि विक्री गर्न लागेको बिल आगामि जेठ २८ गते परिपक्व हुने छ भने ३ सय ६४ दिन अवधिको बिल २०७६ फागुन २७ गते परिपक्व हुनेछ ।

प्रतिकृया दिनुहोस्