रौतहटको चन्द्रपुरमा कामना सेवा विकास बैंकको नयाँ शाखा, छिटै ४ शाखा थपिँदै

 Kamana Sewa Bikash Bank
काठमाडौं - कामना सेवा विकास बैंकले रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं ४ स्थित चन्द्रपुरमा नयाँ शाखा कार्यलयको विस्तार गरेको छ । उक्त नयाँ शाखा कार्यलयको उद्घाटन बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा गरे ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत बस्नेतले प्रदेश नं २ मा यो सँगै ९ वटा शाखा पुगिसकेको र निकट भविष्यमा थप अन्य शाखाहरु पनि सञ्चालनमा आउने बताए । साथै व्यापार विस्तारलाई तिब्रता दिने उद्देश्य सहित बैंकले यसै हप्तामा ४ वटा शाखा सञ्चालनमा ल्याउने तथा देशका विभिन्न ठाँउहरुमा पनि थप शाखाहरु शीघ्र सञ्चालनमा ल्याउने गरि निर्माण तथा सजावटको कार्य भईरहेको बताए ।

हालसम्म बैंकले ७४ वटा शाखा तथा ३० वटा एटिएम मार्फत ग्राहकहरुलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्