सनराइज बैंकका ग्राहकले भारतका १५ वटा अस्पतालमा स्वास्थ्य उपचार गराउँदा छुट पाउने

 Sunrise Bank
काठमाडौं - सनराइज बैंकका ग्राहकहरुले भारतका विभिन्न १५ वटा अस्पतालमा स्वास्थ्य उपचार गराउँदा छुट पाउने भएका छन् । बैंकले भारतमा उपचार गराउँदा अधिकतम ५० प्रतिशतसम्म छुट दिने व्यवस्था सहित विभिन्न अस्पतालसँग सम्झौता गरेको हो । तर यस्तो सुविधा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट हुने भुक्तानीमा मात्र पाउन सकिने छ ।

बैंकले दिँदै आएको स्वास्थ्य बीमा योजना अनुसार बैंकका बचतकर्ताहरूले अस्पतालमा भर्ना भई उपचार गराउँदा लाग्ने खर्च, बढीमा १ लाख रूपैयाँ वा बचत खातामा रहेको बार्षिक औसत मौज्दातको २५ प्रतिशतभन्दा नबढ्ने गरी नगद दाबी गर्न सक्ने छन् ।

बैंकले बीमा दाबी बर्षमा ३ पटकसम् मगर्न सक्ने जनाएको छ । यसअघि बर्षमा एक पटक मात्र बीमा दाबी गर्न सकिन्थ्यो । बैंकले ५ लाखसम्मको दुर्घटना बीमा र नेपालभरका १ सय भन्दा बढी अस्पतालमा २० प्रतिशतसम्मको छुट दिँदै आएको छ ।

प्रतिकृया दिनुहोस्