सामाजिक उत्तरदायित्व अन्तर्गत कुमारी बैंकले गर्यो नयाँ समाज नेपाललाई आर्थिक सहयोग

काठमाडौं - कुमारी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नयाँ वानेश्वर स्थित “नयाँ समाज नेपाल” नामक एक परोपकारी संस्थालाई वित्तिय सहयोग प्रदान गरेको छ । उक्त संस्था न्यून आयश्रोत तथा एकल अभिभावक परिवारका बालबालिकाहरुको आधारभूत आवश्यकता परिपूर्तिका लागी कार्यरत छ । उक्त संस्थाको हेरचाहमा रहेका सबै बालबालिकाहरुलाई बैंकले लत्ताकपडा तथा खाद्यान्न सामग्री उपलब्ध गराएको छ ।

कुमारी बैंकको कर्मचारी युनियनको पहलमा भएको सो सहयोग कार्यक्रममा बैंकका तर्फबाट चिफ् डिपोजिट मार्केटिङ राजेश श्रेष्ठ र युनियनका अध्यक्ष शिव पाठकले नयाँ समाज नेपालका अध्यक्ष कृष्णराज गुरुङलाई सहयोग सामग्री हस्तान्तरण गरे ।

स्वास्थ्य, शिक्षा, सम्पदा र वातावरण लगायत समाजका विविध क्षेत्रहरुमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ प्रभावकारी योगदान पु¥याउने प्रतिबद्धता जनाएको छ ।

हालसम्म कुमारी बैंकले ८७ शाखा कार्यलय, ८३ एटिएम र २ एक्सटेन काउन्टर मार्फत आफ्ना ग्राहकलाई आधुनिक बैंकिङ्ग सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।

प्रतिकृया दिनुहोस्