रोल्पाबासीलाई खुसीको खबर, रोल्पामै पुग्यो सन नेपाल लाइफ इन्स्योरेन्सको नयाँ उपशाखा


काठमाडौं - सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले रोल्पा उपशाखा कार्यालयको उद्घाटन गरेको छ । साथै ग्रामिण जनतामा बीमाको जनचेतना अभिबृद्धि गर्ने उदेश्यका साथ कम्पनीले बीमा जागरण तथा अभिकर्ता सम्मान कार्यक्रम समेत सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम कम्पनीका का.मु. प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र महाप्रवन्धक कमल राज गौतमको सभापतित्वमा संचालन भएको थियो । प्रमुख अतिथीहरुमा रोल्पा नगरपालिकाका मेयर पूर्ण के सी, पत्रकार महासंघका प्रतिनिधि खेम बुढा समाजसेवी कृष्ण बहादुर घर्ति लगायत स्थानीय, तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्