सिन्धु विकास बैंक र सानिमा लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका सबै शाखाबाट बीमा सेवा लिन सकिने

काठमाडौं - सिन्धु बिकास बैंक र सानिमा लाइफ इन्स्योरेन्सबीच बीमा सेवा सम्वन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश जोशिले हस्ताक्षर गरेका छन् ।

उक्त संझौता अनुसार बैंकका सम्पुर्ण शाखाहरु बाट ग्राहकहरुले सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट बीमा सेवा उपभोग गर्न सक्ने छन । सम्झौता हस्ताक्षर कार्यक्रममा कम्पनीका तर्फबाट वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, बनेपा शाखाका प्रमुख श्रीकृष्ण ढोडारि लगाएतको उपस्थीती रहेको थियो ।

प्रतिकृया दिनुहोस्