एनआईसी एशिया बैंकको नयाँ शाखा सिरहाको नरहामा, शाखा संख्या २८१ पुग्यो

काठमाडौं - एनआईसी एशिया बैंकले नरहा गाउँपालिका वडा नं ५,सिरहा स्थित नरहामा नयाँ शाखा कार्यलयको विस्तार गरेको छ । सो नयाँ शाखाको उद्घाटन नरहा गाउँपालिकाका अध्यक्ष रामशरण यादवले गरे ।

हालसम्म बैंकले मुलुकभर २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्