ग्लोबल आइएमई बैंकको नयाँ शाखा कैलालीको अत्तरियामा, १३४ ठाउँमा शाखा सञ्जाल

काठमाडौँ - ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबार कैलालीको अत्तरियामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । कैलालीको अत्तरिया र त्यस वरपरका बासिन्दालाई सेवा पु¥याउने उद्धेश्यले खोलिएको शाखाको पूर्व मन्त्री एंव प्रतिनिधि सभा सदस्य माननीय लेखराज भट्टले उद्घाटन गरेका छन् । 

माननीय भट्टले अत्तरियालगायत देशका अन्य स्थानहरुमा ग्लोबल आइएमई बैंकले बिस्तार गरेको सेवा सञ्जालले देशको समग्र आर्थिक वृद्धिमा उल्लेखनिय टेवा पुगेको बताए । 

उक्त कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायत स्थानीय जनप्रतिनिधि, उद्योग बाणिज्य संघका पदाधिकारी, बुद्घिजीवि तथा स्थानीयवासीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंकले सुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट क्षेत्रमा समेत पुगेर आफ्नो सेवा प्रदान गरिरहेको जानकारी गराउँदै सबै वर्ग र क्षेत्रलाई बैंकिङ्ग पहुँचमा ल्याउने बैंकको प्राथमिक उद्धेश्य रहेको बताए ।

बैंकले हाल १३४ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १४२ एटिएम, ९ वटा एक्सटेन्सन काउण्टर तथा १२१ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना १० लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्