ज्योति विकास बैंकको संस्थापक सेयर साधारणमा परिणत, सर्वसाधारणको हिस्सा ४५ प्रतिशत

काठमाडौं - ज्योति विकास बैंकको संस्थापक सेयर साधारणमा परिणत भएको छ । बैंकले कुल १३ लाख ४४ हजार ५३१.२९ कित्ता संस्थापक सेयरलाई सर्वसाधारणमा परिणत गरी सेयर संरचना ५५ः४५ अनुपात कायम गरेको छ । 

उक्त सेयर संरचना परिवर्तन भएसँगै बैंकको संस्थापकको ५५ प्रतिशत र सर्वसाधारणको ४५ प्रतिशत स्वामित्व हुने छ ।

बैंकले गत असोज २९ गते साधारण सभामा संस्थापक सेयरको हिस्सा घटाउने प्रस्ताव पारित गरेको थियो । सोही निर्णय बमोजिम अहिले संस्थापक सेयरको हिस्सा ५५ प्रतिशतमा झारेको हो । 





प्रतिकृया दिनुहोस्