गण्डकी विकास बैंकको एकैसाथ ३ नयाँ शाखा विस्तार, ७७ ठाउँमा पुग्यो सञ्जाल

काठमाडौं - गण्डकी विकास बैंकले एकै दिन ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले ललितपुरको इमाडोलमा, काठमाण्डौको कलंकीमा र भक्तपुरको शुकुलढोकामा नयाँ शाखाको औपचारीक समुद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ, काठमाण्डौ महानगरपालिकाका उपप्रमुख हरि प्रभा खड्गी श्रेष्ठ र भक्तपुर उद्योग वार्णिज्य संंघका अध्यक्ष राम प्रसाद प्रजापतीले गरे ।

हालसम्म बैंकले केन्द्रीय कार्यालयका साथै देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना,सहज र सरल रुपमा कर्जा योजनाको साथै बैकिङ्ग सेवा, लकर सेवा, सुनधितोमाकर्जा सुविधा, रेमिट्यान्स सेवा, लगायतका सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्