प्रभु बैंकको साधारण सभा आज, ८ प्रतिशत बोनससहित यस्ता छन् पेस हुने प्रस्तावहरु !


काठमाडौं - प्रभु बैंक लिमिटेडले १७औं वार्षिक साधारण सभा आइतबार (फागुन १९ गते) हुँदैछ । सभाका लागि बैंकले फागुन ६ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । फागुन ५ गतेसम्म कायम रहने सेयरधनीले मात्र बोनस पाउनेछन् । बैंकले सभामा ८ प्रतिशत बोनस पारित गर्ने प्रस्ताव पेश गर्ने भएको छ । बैंकले गत आर्थिक वर्षको कमाईबाट ८ प्रतिशत बोनस दिन लागेको हो ।

बैंकले बोनसमा ६५ करोड ८७ लाख १५ हजार ८८२ रुपैयाँ खर्च गर्ने भएको छ । यस्तै, बोनसमा लाग्ने कर तिर्न ३ करोड ४६ लाख ६९ हजार २५७ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पनि रहनेछ ।

साधारण सभा बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा दिउसो १ बजे सुरु हुनेछ । सभामा सेयरधनीको स्वामित्व परिवर्तन गरेर संस्थापकको ५५ प्रतिशत र सर्वसाधारण सेयरधनीको ४५ प्रतिशत बनाउने एजेन्डा पनि राखिनेछ । हाल बैंकमा संस्थापक सेयरधनीको ६१.३१ प्रतिशत र सर्वसाधारण सेयरधनीको ३८.६९ प्रतिशत स्वामित्व रहेको छ ।

हाल बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ५९ हजार रुपैयाँ रहेको लछ । ८ प्रतिशत बोनसपछि पुँजी ८ अर्ब ८९ करोड २६ लाख ७४ हजार रुपैयाँ पुग्नेछ ।

प्रतिकृया दिनुहोस्