गुराँस लाइफ इन्स्योरेन्सको बोनस र हकप्रद सेयरमा मूल्य समायोजन, प्रतिकित्ता कति ?


काठमाडौँ - गुराँस लाइफ इन्सुरेन्सको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ८ प्रतिशत बोनस सेयर र ५० प्रतिशत हकप्रद सेयरपछि समायोजित सेयर मूल्य ४९६ रुपैयाँ २० पैसा कायम भएको छ । यसको औसत आधार मूल्य भने ६२१ रुपैयाँ १० पैसा रहेको छ ।

कम्पनीले ८ प्रतिशत बोनस सेयर पारित गर्न चैत २१ गते साधारण सभा डाकेको छ । यसका लागि बिहीबारदेखि बुक क्लोज गरेको हो । यस्तै, कम्पनीले बिक्री गर्न लागेको ५० प्रतिशत हकप्रद सेयरका लागि पनि बिहीबार नै बुक क्लोज भएको हो । उक्त हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ ।

साधारण सभा बानेश्वर बैंक्वेट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

साधारण सभामा प्रस्तावित बोनस र ५० प्रतिशत हकप्रदपछि कायम हुने ९३ करोड ८५ लाख २० हजार रुपैयाँ चुक्ता पुँजीबाट फेरी १०० प्रतिशत हकप्रद जारी गर्न लागेको छ । 

प्रतिकृया दिनुहोस्