एशियन लाइफ इन्स्योरेन्सद्धारा मृतक मंगली बिकको परिवारलाई दाबी भुक्तानी

दाङ शाखा प्रमुख नबराज बुढाथोकीले बीमा बापतको ९ लाख ४७ हजार ७ सय रुपैया बराबरको चेक हस्तानतरण गरिएको छ ।
बिमा गरेपछि मंगलीको गएको माघ महिनामा घोराहीमा सडक दुर्घटनामा परी निधन भएको थियो । उक्त दाबी रकम हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष भरत अर्याल, नेकपाका नेता मानबहादुर बिक, कुलबहादुर वलीको उपस्थित रहेको थियो ।
कार्यक्रममा बोल्दै बक्ताहरुले बीमा जीवन जिउन मात्र नभई सन्तानलाई पनि सहयोग पुग्ने बताएका थिए ।