एसियन लाइफ इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम मौका, कति पुग्छ चुक्ता पुँजी ?

काठमाडौं - एसियन लाइफ इन्सुरेन्सको ६० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने मंगलबार (फागुन २१ गते) अन्तिम दिन हो । कमपनीले ६० प्रतिशत हकप्रद बिक्री गर्नका लागि फागुन २२ गते बुक क्लोज गर्ने भएको छ । फागुन २१ गतेसम्म कायम सेयरधनीले यो हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले १ः०.६ अनुपातमा ७५ लाख ४० हजार ३५२.७३ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

उक्त हकप्रद बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटलले रहेको छ । कम्पनीले बिमा समितिले तोकेको न्यूनतम २ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन हकप्रद बिक्री गर्न लागेको हो ।

हाल यसको चुक्ता पुँजी १ अर्ब २५ करोड ६७ लाख २५ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि पुँजी २ अर्ब १ करोड भन्दा बढी पुग्नेछ ।

प्रतिकृया दिनुहोस्