राष्ट्र बैंकले १० अर्बको ट्रेजरी बिल बिक्री गर्दै, आजै बोलकबोल !

काठमाडौँ - नेपाल राष्ट्र बैंकले १० अर्ब ३३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंकले एक सूचनामार्फत जानकारी दिएको छ ।

बैंकका अनुसार ४ अर्ब ३ करोड बराबरको ट्रेजरी भने ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । यस्तै ४ अर्ब ३० करोड बराबरको ट्रेजरी १८२ दिनका लागि र २ अर्ब बराबरको ट्रेजरी ३६४ दिनका लागि बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

बैंकले यसअघि यही चैत ४ गते १३ अर्ब ५१ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । यस्तै बैंकले आइतबारपनि ५ अर्ब बराबरको रिपो बोलकबोल गरेको छ ।

प्रतिकृया दिनुहोस्