सिद्धार्थ बैंकको २ नयाँ शाखा इचंगुनारायण र धनेश्वरमा, १ सय ४६ ठाउँमा शाखा सञ्जाल

काठमाडौँ - सिद्धार्थ बैंकले मंगलबार इचंगुनारायण र धनेश्वर स्थित दुई शाखा सञ्चालनमा ल्याएको छ । बैंकको इचंगुनारायण शाखाको उद्घाटन नागार्जुन नगरपालिकाका उपमेयर सुशीला अधिकारीबाट र धनेश्वर शाखाको उद्घाटन टोखा नगरपालिकाका उपमेयर ज्ञानमाया डङ्गोलबाट भएको थियो ।

सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखाहरु सहित बैंकले देशभर १४६ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १५६ एटीएम र १,२०० भन्दा बढी पीएसओ मेसिन मार्फत उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्