एभरेष्ट इन्स्योरेन्सले ३००% हकप्रद सेयर निष्कासन गर्ने, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

काठमाडौं - एभरेष्ट इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डमा ३०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न निवेदन दिएको छ । कम्पनीले १ः३ अनुपातमा ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो ।

उक्त हकप्रद सेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटलले गर्ने रहेको छ ।

कम्पनीले यस अघि मंसिर २३ देखि पुस २२ गतेसम्म १०५ प्रतिशत संस्थापक समूहको हकप्रद सेयर जारी गरेको थियो । उक्त संस्थापक हकप्रदपछि चुक्ता पुँजी २७ करोड ३९ लाख ८२ हजार ५०० रुपैयाँ पुगेको छ । अहिले यही पुँजीको ३०० प्रतिशत हकप्रद बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो ।

अब बिक्री गर्ने ३०० प्रतिशत हकप्रदपछि भने कम्पनीको चुक्ता पूँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ पुग्नेछ ।

प्रतिकृया दिनुहोस्