ग्लोबल आइएमई बैंक र नेपाल लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका १३४ वटै शाखाबाट बीमा सेवा पाइने

काठमाडौँ - ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।

सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकका तर्फबाट सहायक महाप्रबन्धक सुरेन्द्रराज रेग्मी र नेपाल लाइफ इन्सुरेन्स कम्पनीको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि ग्लोबल आईएमई बैंकका १३४ वटै शाखाहरु मार्फत नेपाल लाइफ इन्सुरेन्स कम्पनीको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु प्राप्त गर्न सकिने छ ।

प्रतिकृया दिनुहोस्