लाइफ इन्स्योरेन्स करर्पोरेशन नेपालद्धारा मन्त्री अधिकारीको परिवारलाई मृत्यु दाबी रकम भुक्तानी

काठमाडौं - लाइफ इन्स्योरेन्स करर्पोरेशन (नेपाल) लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीको मृत्यु दाबी रकम भुक्तानी गरेको छ । मृतक मन्त्रीको निवास पोखरा पुगेर एलआइसी नेपालले अधिकारीको परिवारजनलाई मृत्यु दाबी रकम भुक्तानी गरेको हो ।

हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका बीमित मन्त्रीको धर्मपत्नी बिद्या भट्टराईलाई कम्पनीले १२ लाख ६९ हजार ५ सय रुपैया बराबरको चेक हस्तान्तरण गरेको छ । उक्त चेक पोखरा शाखाका शाखा प्रमुख गिरीराज घिमिरेले हस्तान्तरण गरेका हुन् ।

जीवन बीमा अभिकर्ता रघुनाथ भण्डारी मार्फत मन्त्री अधिकारीले ८ बर्ष अघि ५ लाखको जिवन आनन्द नामको बीमा गरेको कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्