एसियन लाइफ इन्स्योरेन्सको चैत्र २५ गतेबाट ६०% हकप्रद आउँदै, बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल !

काठमाडौं - एसियन लाइफ इन्सुरेन्सले ६० प्रतिशत हकप्रद चैत २५ गतेबाट बिक्री गर्ने भएको छ । कम्पनीले १ः०.६ अनुपातमा ७५ लाख ४० हजार ३५२.७३ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । कम्पनीको हकप्रदमा फागुन २१ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा आवेदन दिन सक्नेछन् । उक्त हकप्रद भर्ने अन्तिम म्याद वैशाख २९ गते रहेको छ ।

हकप्रद बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ भने एनआइबीएल एस क्यापिटलको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय लालदरबार, लगनखेल, चिप्लेढुङ्गा पोखरा, बुटवल, वीरगन्ज र विराटनगरबाट पनि आवेदन दिन सकिन्छ । कम्पनीको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरु र सि–आस्वाबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २५ करोड ६७ लाख २५ हजार रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि पुँजी २ अर्ब १ करोड भन्दा बढी पुग्नेछ ।

प्रतिकृया दिनुहोस्