मुक्तिनाथ विकास बैंक शाखा कञ्चनपुर र सुर्खेतमा विस्तार, १ सय १४ ठाउँमा शाखा सञ्जाल

काठमाडौं - मुक्तिनाथ विकास बैंकले कञ्चनपुर जिल्लाको महेन्द्रनगर र सुर्खेत जिल्लाको विरेन्द्रनगरमा आफ्ना शाखा कार्यालय विस्तार गरेको छ ।

महेन्द्रनगर शाखाको समुद्घाटन भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टले गरेका छन्। शाखा कार्यालय समुद्घाटन गर्दै बिष्टले बैंकको प्रगतिको कामना व्यक्त गरेका थिए ।

वीरेन्द्रनगर शाखाको समुद्घाटन वीरेन्द्रनगर नगरपालिकाका उप–मेयर मोहनमाया ढकाल (भण्डारी)ले गरेकी छिन् । शाखा कार्यालय समुद्घाटन गर्दै ढकालले जनता बैंकमा होईन, बैंक जनतामा जानु पर्दछ भन्ने मुल नाराका साथ मुक्तिनाथ विकासको सेवा उल्लेखनीय रहेको बताइन् ।

हालसम्म बैंकले देशैभरी १ सय १४ वटा शाखा, २२ वटा एटिएम मार्फत करिब ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिकृया दिनुहोस्