महोत्तरीको बर्दिवासमा कामना सेवा विकास बैंकको नयाँ शाखा, कुल शाखा संख्या ७३ पुग्यो
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjOjv4GaW08mRmPZbWbXKoLJrwSndwCGlG8n1TgK1XMMXHNi9BAIG8onAqrp8sgNWG5bG7_9oIgnVe5HwuoAeaNtS3ThWBu7NSMlScXsim3Qk6uqZWbkZ8okXAiAavXr_hUtWEesBx08VTA/s640/2.jpg)
काठमाडौँ - कामना सेवा विकास बैंक लिमिटेडले महोत्तरी जिल्लाका बर्दिवास नगरपालिकाको वडा नं ०१ मा बिहीबार ७३औँ शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको छ ।
बैंकका सञ्चालक भिमप्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका थिए ।
उक्त कार्यक्रममा स्थानीय तहका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । प्रमुख कार्यकारी अधिकृत बस्नेतले प्रदेश नं. २ मा छ वटा शाखा कार्यालय भएको र थप शाखाहरु पनि शीघ्र सञ्चालनमा आउने बताए ।