राष्ट्र बैंकले १३ अर्ब ७९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै

काठमाडौं - केन्द्रीय बैंकले आइतबार १३ अर्ब ७९ करोड ११ लाख २५ हजार रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रिय बैंकले जारी गरेको सूचना अनुसार ९१ दिन अवधिको बिल २०७६ असार ३ गते परिपक्व हुने छ । १ सय ८२ दिन अवधिको ट्रेजरी बिल २०७६ भदौ ३१ गते परिपक्व हुने छ भने ३ सय ६४ दिन अवधिको २०७६ चैत ४ गते परिपक्व हुने छ ।

केन्द्रिय बैंकले यसअघि बिक्री भइसकेको ट्रेजरी बिललाई नविकरण गर्नका लागि बोलकबोलमा राखेको हो । केन्द्रिय बैंकका अनुसार ९१ दिन अवधिको ८ अर्ब २३ करोड, १ सय ८२ दिन अवधिको २ अर्ब र ३ सय ६४ दिन अवधिको ३ अर्ब ५६ करोड ११ लाख २५ हजार रुपैयाँ बारबरको ट्रेजरीबिल नविकरण गर्न लागेको हो ।

मंगलबार जारी हुने ट्रेजरी बिलका लागि आज (सोमबार) दिउँसो ३ बजे बोलकबोल हुनेछ ।

प्रतिकृया दिनुहोस्