सनराइज बैंकका सबै शाखाबाट लाइफ इन्स्योरेन्स कर्पोरेशनका बीमा सेवा पाइने

 Sunrise Bank
काठमाडौँ - सनराइज बैंक लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि. बीच बैंकास्योरेन्स सम्बन्धि सम्झौता भएको छ ।

सम्झौताअनुसार सनराइज बैंकले देश भर रहेका १०३ वटै शाखाहरुबाट एल.आइ.सी, नेपालको जीवन बीमा योजनाहरु बिक्री गर्न सक्ने छ ।

सनराइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लि.का प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

प्रतिकृया दिनुहोस्