नबिल बैंकको २२% नगद लाभांस र १२% बोनस सेयर पारित, कति पुग्यो चुक्ता पूँजी ?

काठमाडौं । नबिल बैंक लिमिटेडको प्रस्तावित ३४ प्रतिशत लाभांश पारित भएको छ । सोमबार सम्पन्न भएको कम्पनीको ३४औँ वार्षिक साधारण सभाले बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

साधारण सभाले पारित गरे बमोजिम बैंकले आर्थिक वर्ष आर्थिक बर्ष २०७४/७५ को मुनाफाबाट सेयरधनीलाई २२ प्रतिशत नगद लाभांस र १२ प्रतिशत बोनस सेयर गरी सो मात्राको लाभांश वितरण गर्ने भएको छ । बैंकले आर्थिक बर्ष २०७४/७५ मा ३ अर्ब ९८ करोड रुपैयाँ हासिल गरेको थियो । बैंकले प्रतिसेयर आम्दानी ५०.२५ रुपैयाँ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै १ खर्ब ६१ अर्ब पुर्याएको छ ।

हाल बैंकको संचालन मुनाफा ५ अर्ब ६५ करोड रहेको छ । अघिल्लो वर्षको तुलनामा बैंककोे यस वर्षको संचालन मुनाफा र खुद मुनाफामा क्रमश ७.५२ र ७.५५ ले वृद्धि भएको कम्पनीले जनाएको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस सेयर पश्चात बैंकको पुँजी ९ अर्ब १ करोड रुपैयाँ नाघेको कम्पनीले जनाएको छ ।

बैंकका संचालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालको नेतृत्वमा यस बैंकको “नेटवर्थ” २० अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।

प्रतिकृया दिनुहोस्