एनएमबि बैंकको ११ लाख इकाई ऋणपत्र भर्ने म्याद थप, कहिलेसम्म पाइन्छ भर्न ?

काठमाडौं - एनएमबि बैंकले ऋणपत्र भर्ने समय थप गरेको छ । बैंकले बिहीबार (चैत १४ गते) सम्म मागअनुसार आवेदन नपरेपछि समय थप गरेको हो । अब लगानीकर्ताले उक्त ऋणपत्रमा चैत २५ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले फागुन ३० गतेदेखि सर्वसाधारणका लागि ११ लाख ४० हजार इकाई ऋणपत्र बिक्री खुला गरेको हो ।

बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार हालसम्म ३३० जनाले ३६ हजार ८१८ इकाईका लागि मात्र आवेदन परेको छ । माग भएजति आवेदन नपरेकाले ऋणपत्र भर्ने समय थप गरिएको हो । बैंकले ३ अर्ब रुपैयाँको कुल ३० लाख इकाई ‘१० प्रतिशत एनएमबि डिबेन्चर २०८५’ जारी गरेको हो । ६० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ । १८ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गरिनेछ । 

एनएमबिको ऋणपत्र निष्कासनका लागि सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । यस ऋणपत्रले ‘इक्रा एनपी एलए माइनस’ रेटिङ पाएको छ । यो रेटिङले न्यून कर्जा जोखिम र लगानीका लागि सुरक्षित रहेको जनाउँछ । एनएमबि बैंकले यो ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर दिनेछ । ऋणपत्रको अवधि १० वर्षको हुनेछ । 

बैंकले लगानीकर्तालाई गत वर्षको कमाईबाट १० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश दिएको थियो । बोनस सेयर वितरणपछि चुक्ता पुँजी ९ अर्ब ६१ करोड ८१ लाख ६२ हजार रुपैयाँ पुगेको छ ।

प्रतिकृया दिनुहोस्