दुबईको मस्रेक बैंकद्वारा ललितपुरको श्रीकृष्ण आधारभूत विद्यालयलाई १० लाख बराबरको शैक्षिक सामाग्री सहयोग

काठमाडौं - दुबईमा मुख्य कार्यालय रहेको मस्रेक बैंकले ललितपुरको गोदावरीस्थिति श्रीकृष्ण आधारभूत विद्यालयमा करिब १० लाख बराबरको शैक्षिक सामाग्री सहयोग गरेको छ । मस्रेक बैंककी नेपाल प्रमुख हेमा अधिरकारीले विद्यालयलाई एक थान ल्यापटप, एक थान कम्युटर, एक थान थ्रि इन वान प्रिन्टर, स्क्यानर, फोटोकपी मेशिन, एक थान प्रोजेक्टर र एक बर्षका लागि इन्टरनेट कनेक्सन प्रदान गरेकी हुन् ।

बैंकले एक वर्षका लागि द्यिालयका सबै विद्यार्थीका लागि दुई–दुई जोर जुत्ता, स्कूल ड्रेस, र बर्ष भरिलाई पुग्ने कापी, कलप, पेन्सिल, इरेजर, कटर, जोमेट्री बक्स समेत प्रदान गरेको छ । बैंकले सहयोग गरेको भौतिक सामाग्री विद्यालयका शिक्षकले आफ्नो शिक्षण सम्बन्धि ज्ञान बढाउन, नयाँ–नयाँ पाठ्य सामाग्री प्राप्त गर्न सहज हुने बैंकले विश्वास लिएको छ ।

मस्रेक बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको र आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने जनाएको छ । यूएईको सबैभन्दा ठूलो एवं पुरानो बैंक भएको नेपाल प्रमुख अधिकारीले जानकारी दिइन । बैंकले सन २०१५ मा नेपालमा गएको महाभूकम्पको समयमा समेत प्रधानमन्त्री राहत कोषमा ३० लाख रुपैयाँ भन्दा बढि आर्थिक सहयोग गरेको थियो ।

प्रतिकृया दिनुहोस्