सहयोगी विकास बैंकको साधारण सभा फागुन २५ मा, लगानीकर्तालाई १७% नगद लाभांश

काठमाडौं - सहयोगी विकास बैंक लिमिटेडको एजीएम शनिबार (फागुन २५ गते) हुने भएको छ । बैंकले १७ प्रतिशत नगद लाभांश वितरण सहितका महत्वपूर्ण एजेन्डा साधारण सभामा पेश गर्ने भएको छ । बैंकको १७ प्रतिशत नगद लाभांश फागुन १२ गतेसम्म कायम सेयरधनीले पाउनेछन् ।

बैंकले साधारण सभाका लागि फागुन १३ देखि २५ गतेसम्म देखि बुक क्लोज गरिरहेको छ । आवश्यकता अनुसार मर्जमा जान तथा अन्य वित्तीय संस्थालाई खरिद गर्न पनि बैंक तयार रहेको देखिएको छ ।

साधारण सभा होटल मानकि इन्टरनेसनल प्रा. लि., जनकपुरधाम, धनुषामा दिउँसो १ बजे साधारण सभा बस्नेछ । 






प्रतिकृया दिनुहोस्