राष्ट्रिय बीमा कम्पनी र ओम डेभलपमेण्ट बैंकबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदा

काठमाडौँ -ओम डेभलपमेण्ट बैंक र राष्ट्रिय बीमा कम्पनीबीच सम्झौता भएको छ । सम्झौतामा बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्याल र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारीले हस्ताक्षर गरे ।

सम्झौता पछि बैंकको सुरक्षित बचत खाता अन्तर्गत खाता खोल्ने ग्राहकहरुका लागि यस सम्झौता अन्तर्गत जारी भएको दुर्घटना बीमालेखले ७ लाख सम्मको आर्थिक सुरक्षा प्रदान गर्ने छ ।

अर्थात बैकमा सुरक्षित बचत खाता खोल्ने ग्राहकको दुर्घटना कारण मृत्यु भएमा बीमाले ७ लाख ग्राहकको हकवालालाई बैक मार्फत क्षतिपूर्तीको रुपमा भुक्तानि गर्ने जनाएको छ । 

आगामी दिनमा बाली तथा पशुपंक्षीको क्षेत्रमा सहयात्रा गर्दै सो क्षेत्रको परनिर्भरता हटाउदै जनतालाई समृद्ध बनाउनेमा दुबै पक्षले बिश्वास लिएका छन् ।

प्रतिकृया दिनुहोस्