सहयोगी विकास बैंकको साधारण सभा भोली हुँदै, १७% नगद लाभांशसहित यस्ता छन् पेस हुने एजेन्डाहरु

काठमाडौं - सहयोगी विकास बैंकले १७ प्रतिशत नगद लाभांश वितरण गर्ने मुख्य एजेन्डासहित शनिबार (फागुन २५ गते) वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा होटल मानकि इन्टरनेसनल प्रालि, जनकपुरधाम, धनुषामा दिउँसो १ बजे बस्नेछ । बैंकको १७% नगद लाभांश फागुन १२ गतेसम्म कायम सेयरधनीले पाउनेछन् । सहयोगीले साधारण सभाका लागि फागुन १३ देखि २५ गतेसम्म देखि बुक क्लोज गरिरहेको छ । 

यस्तै आवश्यकता अनुसार मर्जमा जान तथा अन्य वित्तीय संस्थालाई खरिद गर्न पनि सहयोगी तयार देखिएको छ । यसका लागि बैंकले मर्ज तथा एक्विजिसन सम्बन्धी सम्पूर्ण काम गर्नका लागि सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि साधारण सभाबाट अनुमोदन गराउने भएको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ ।

प्रतिकृया दिनुहोस्