नेपाल लाइफ इन्स्योरेन्सले ४८.५ प्रतिशत लाभांश दिने, कति पुग्छ चुक्त्ता पूँजी ?

काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्सले ४८.५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले २५ प्रतिशत बोनस सेयर र २३.५ प्रतिशत नगद गरी कुल ४८.५ प्रतिशत लाभांश दिने निणर्य गरेको हो । प्रस्तावित बोनस तथा नगद लाभांश नियामक निकाय बिमा समिति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुने कम्पनीले जनाएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी ५ अर्ब ४९ करोड ६१ लख ६० हजार रुपैयाँ पुग्नेछ । 

प्रतिकृया दिनुहोस्