सेञ्चुरी बैंकद्धारा गढीमाई मन्दिरलाई स्टीलका पानी ट्यांङ्की हस्तान्तरण

काठमाडौँ - सेञ्चुरी कमर्सियल बैंक वीरगंज शाखाद्वारा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत महागढीमाई नगरपालिकामा रहेको प्रसिद्ध गढीमाई मन्दिरमा दर्शनाथीहरुलाई स्वच्छ पानी पिउनको लागि स्टीलका पानी ट्यांङ्की हस्तान्तरण गरेको छ ।

बैंकका प्रमुख कर्जा अधिकृत मनोज न्यौपानेले गढीमाई मन्दिर समितिका अध्यक्ष रामचन्द्र प्रसाद साह तथा मन्दिरका पुजारी रामप्रसाद चौधरीलाई हस्तान्तरण गरिएको थियो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य थुप्रै कार्यक्रमहरु पनि गर्दै आएको छ ।

बैंकले हाल काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३२ स्थानबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्