ललितपुरको कुमारीपाटीमा गरिमा विकास बैंकको नयाँ शाखा, ७२ ठाउँमा शाखा सञ्जाल

काठमाडौँ - गरिमा विकास बैंक लिमिटेडले विहीबार कुमारीपाटी ललितपुर शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले गरेका छन् ।

बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखासहित देशभर ७२ शाखा र १७ वटा एटीएमबाट सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले छिट्टै नै पर्साको बीरगंज, चितवनको मिलनचोक, दाङ्गको तुल्सीपुर र कास्कीको हेम्जामा समेत शाखा कार्यालय जनाएको छ ।

प्रतिकृया दिनुहोस्