ओम डेभलपमेन्ट बैंकका ५३ वटै शाखाबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा सेवा पाइने

काठमाडौं - ओम डेभलपमेन्ट बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बीमा सेवा दिने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि ओम डेभलपमेन्ट बैंकले देशभर रहेका ५३ शाखा कार्यलयहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्ने छ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल साबधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै आएको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले चैत्र मसान्तभित्र देशको २३ स्थानमा कारोबार सञ्चालनको लागि तयारी गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्