नेपाल इन्भेष्टमेण्ट बैंकको एक्स्टेन्सन काउन्टर सोलुखुम्बुको पासाङ ल्हामु गाउँमा, एक्स्टेन्सन काउन्टरको संख्या १२ पुग्यो

काठमाडौँ - नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले प्रदेश नम्बर १ अन्तर्गत सोलुखुम्बु जिल्लाको पासाङ ल्हामु गाउँपालिका वडा नं.१ स्थित खरीखोलामा आफ्नो १२औं एक्स्टेन्सन काउन्टर खोलेको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिकाका ल्हाक्पा छिरी शेर्पाले उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन गरे ।

उद्घाटनपछि गाउँपालिकाका प्रवक्ता शेर्पाले गाउँबासीमा बचत गर्ने बानीको बिकास हुनुको साथै वित्तीय साक्षरता पनि अभिबृद्धि हुने कुरा प्रकाश पारे । बैंकले खुम्बुपासाङ ल्हामुगाउँपालिकाअन्तर्गत ५ मध्ये ३ वटा वडामा बैंकिङ सेवा प्रदान गरिसकेको र सोही गाउँपालिका अन्तर्गत वडा नं. ५ नाम्चेमा पनि छिट्टै एक्स्टेन्सन काउन्टर खोल्ने तयारी गरेको छ ।

एक्स्टेन्सन काउन्टरबाट खुम्बु पासाङ ल्हामु गाउपालिका, माप्यदुधकोशी गाउपालिका र सोलु दुधकुण्ड नगरपालिकाका बासिन्दाहरूलाई बैंकिङ कारोबार गर्न सहज हुनेछ । काउन्टरले रकम जम्मा गर्न र भुक्तानी गर्न सहयोग गर्नुका साथै स्थानीयमा बित्तीय साक्षरता अभिबृद्धि गर्न सहयोग गर्ने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्