एलआइसी नेपालको १२ प्रतिशत बोनसमा मूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाडौं - लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल (एलआइसी नेपाल)को बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको १२ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । मूल्य समायोजनपछि मंगलबार यसको सेयर कारोबार प्रतिकित्ता १ हजार ४३२ रुपैयाँ १४ पैसालाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य भने २ हजार १०३ रुपैयाँ ५७ पैसा छ ।

कम्पाीले लगानीकर्तालाई आर्थिक वर्ष २०७३.७४ को नाफाबाट १२ प्रतिहत बोनस सेयर दिने विशेष प्रस्तावसहित चैत ४ गते वार्षिक साधारण सभा बोलाएको छ । यस्तै, बोनसमा लाग्ने कर तिर्न ०.६६ प्रतिशत नगद लाभांश दिने एजेन्डा पनि छ । साधारण सभाका लागि फागुन २१ देखि चैत ४ गतेसम्म बुक क्लोज गरेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३३ करोड ४६ लाख ७७ हजार ५०० रुपैयाँ रहेको छ । १२ प्रतिशत बोनस सेयर वितरणपछि १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८०० पुग्नेछ ।

प्रतिकृया दिनुहोस्