ग्लोबल आइएमई बैंकले थप्यो ऋणपत्र भर्ने म्याद, बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल !

काठमाडौं - ग्लोबल आइएमई बैंकले ऋणपत्रमा आवेदन दिने म्याद थपेको छ । बैंकले सर्वसाधारणका लागि ५ लाख ९७ हजार युनिट ऋणपत्र निष्कासन गरेकोमा आवश्यकता अनुसार आवेदन नपरेपछि अब चैत १४ गतेसम्म भर्न पाइने भएको हो । शुक्रबारसम्म २९८ जनाले ३५ हजार ८६२ युनिट ऋणपत्रको लागि मात्र आवेदन दिएको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जनाएको छ ।

बैंकले फागुन १५ देखि आइतबार (फागुन १९ गते) सम्म कुल १५ लाख युनिट ऋणपत्र निष्कासन गरेको हो । जसमा ३० हजार युनिट म्युचुअल फन्डलाई छुट्याए पनि ३ हजार युनिट मात्र बिक्री भएको छ । म्युचुअल फन्डले नकिनेको २७ हजार युनिट पनि थप गरी सर्वसाधारणलाई कुल ५ लाख ९७ हजार युनिट बिक्रीमा ल्याइएको हो । कुल जारीमध्ये ९ लाख युनिट भने बैंकले आफ्नै पहलमा अन्य कम्पनीहरुलाई बिक्री गर्नेछ ।

बैंकले ‘१०.२५ प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८० र ८१’ नाममा ऋणपत्र जारी गरेको हो । यसमा वार्षिक १०.२५ प्रतिशत ब्याज पाइनेछ । यो ऋणपत्र ५ वर्षपछि परिपक्क हुनेछ । लगानीकर्ताले प्रतिइकाई १ हजार रुपैयाँका दरले न्यूनतम २५ देखि ७५ हजार इकाईसम्म आवेदन दिन सक्नेछन् । सी–आस्वाको माध्यमबाट आवेदन दिनुपर्नेछ ।

प्रतिकृया दिनुहोस्