एभरेष्ट बैंकले ल्यायो 'नगद फिर्ता' योजना, ग्राहकलाई हरेक खरिदमा १० प्रतिशत नगद फिर्ता

काठमाडौं - एभरेष्ट बैंकले ग्राहकका लागि विशेष योजना ल्याएको छ जसमार्फत कार्ड होल्डरहरुले हरेक खरिदमा १० प्रतिशत नगद फिर्ता पाउनेछन् । एभरेष्ट बैंकका ग्राहकहरुले रेष्टुरेन्ट, होटल, मल र सुपरमार्केटमा भिसा कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत रकम उनीहरुको खातामा फिर्ता हुन्छ । सर्भिस विथ स्माईल नारासहित एभरेष्ट बैंकले यो योजना ल्याएको छ ।


एभरेष्ट बैंकको ग्राहक संख्या १० लाखभन्दा बढी रहेको छ । हालै क्यामेलस रेटिङमा एभरेष्ट बैंक बेस्ट रेटेड कमर्सियल बैंकमा पर्न सफल भएको छ । एभरेष्ट बैंकले हाल आफ्ना ९२ वटा शाखा, २८ राजस्व संकलन काउन्टर र ११६ एटीएमबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्