बैतडीबासीलाई खुसीको खबर ! बैतडीको मेलौलीमा पुग्यो एनसीसी बैंकको शाखा
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhmXuxoU36QYhL3bQImVThrrfUq_bY2Rh2wPCwq2Pr-BYwppfBds3MQjfl5nYuQIJ5R1QfgTH9UrP-VZ3-Ne7LyKuIciJyg__jk06EVzJRmLCF15Q7WIjtapJa3khwAvu10pOb4y9D97dKB/s640/2.jpg)
उक्त शाखा कार्यालयको मेलौली नगरपालिकाका नगर प्रमुख कृष्ण सिंह नायक र बैंक संचालक समितिका सदस्य माधवप्रसाद भट्टले शनिबार संयुक्त रुपमा उद्घाटन गरे । साथै बैंक संचालक समितिका सदस्य भट्टले शाखा उद्घाटनको ताम्रपत्र अनावरण गरे ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले स्वागत मन्तब्य व्यक्त गर्नुका साथै उक्त शाखाका शाखा प्रबन्धक महेन्द्रबहादुर चन्दले उपस्थित प्रमुख अतिथि र अन्य अतिथिलाई धन्यवाद ज्ञापन गरेका थिए ।