कार्यक्षेत्र विस्तार गर्ने विशेष एजेन्डासहित ग्रीन डेभलपमेन्ट बैंकले बोलायो चैत २८ मा साधारण सभा

 Green Development Bank
काठमाडौं - ग्रीन डेभलपमेन्ट बैंकले कार्यक्षेत्र विस्तार गर्ने एजेन्डासहित चैत २८ मा साधारण सभा बोलाएको छ । साधारण सभाका लागि बैंकले चैत १५ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्नेछ । यसर्थ चैत १४ गतेसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।

यस्तै बैंकले कार्यक्षेत्र विस्तार गर्ने मुख्य एजेन्डा साधारण सभामा पेस गर्ने भएको छ । बैंकले तनहुँ र नवलपुर जिल्ला थप गरी कार्यक्षेत्र ५ जिल्ला बनाउने विशेष प्रस्ताव साधारण सभामा पेश गर्नेछ । 

सञ्चालक समितिको प्रतिवेदन र आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान हिसाब, लेखापरीक्षकको नियुक्ति लगायत प्रस्तावमा छलफल हुनेछ । 

हाल बैंकको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ ।

प्रतिकृया दिनुहोस्