महालक्ष्मी लाईफ इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच सम्झौता, बैंकका सबै शाखाबाट बीमा सेवा पाइने
काठामडौं - मुक्तिनाथ बिकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्स बीच बीमा सेवा सम्झौता भएको छ । सम्झौतामा बैंककमा तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत तुल बहादुर गुरूङ्ग र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै महालक्ष्मी लाईफ इन्स्योरेन्सको बीमा सेवाहरु मुक्तिनाथ बिकास बैंकले मुलुकभर रहेका आफ्ना १२० शाखाहरु मार्फत उपलब्ध गराउने भएको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले साबधिक बीमा योजना, डबल बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २०७५ माघ २७ गतेबाट कारोबार शुरु गरेको थियो ।
इन्स्योरेन्सले काठमाडौं, पोखरा, बीरगंज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर र सुर्खेतबाट कारोबार शुरु गरिसकेको छ भने यहि चैत्र महिना भित्रमा काठमाडौं उपत्यकाको १० स्थानबाट कारोबार संचालनको तयारी गरिरहेको छ ।