सेञ्चुरी कमर्सियल बैंकको नयाँ शाखा अछामको मेल्लेखमा, बोहरा र श्रेष्ठद्धारा उद्घाटन

काठमाडौं - सेञ्चुरी कमर्सियल बैंकले अछामको मेल्लेख गाउंँपालिकामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरा तथा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठगरेका छन् ।

नयाँ शाखासँगै बैंकले काठमाडौं उपत्यकामा १३ शाखा र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९७ शाखा र २ वटा एक्स्टेन्सन काउन्टर र १३ वटा शाखारहित बैंकिङ सेवा रहेको बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्